मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल

गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । यातायात सहजरुपमा सञ्चालन गर्न गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीहरुसँग छलफल गरेका छन् । उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग/सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल गरेका हुन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडवाडका बेला यातायात सहज र सुरक्षितरुपमा सञ्चालन गर्न यातायात व्यवसायी, यातायात मजदुर संघ÷संगठनका पदाधीकारीबीच सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
“विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ”, उनले भने, “बिपी राजमार्गअन्र्तगत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।”
गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । “अवरुद्ध यातायात सञ्चालनदेखि मजदुरलाई राहत र चाडपर्वका बेला सुरक्षित यात्रा लगायतका विषयमा छलफल भयो”, उनले भने, “हामीले सवारीसाधन जाँच गर्ने लगायतका विषयमा पनि छलफल गरेका छौँ ।”
सो अवसरमा मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी सक्रिय रहेको बताए । “पृथ्वी राजमार्गको झ्याप्ले खोलालगायत स्थानमा पहिराको जोखिम रहेका क्षेत्रमा ट्राफिक प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ”, उनले भने, “चाडवाडका बेला आएको विपद्को सामना गर्दै सहज यात्राका लागि गम्भीर भएर लागिपरेका छौँ ।”