मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

नागरिकता खोई अभियान भन्छ प्रधानमन्त्री ओलीलाई अमेरिकामा स्वागत गर्नु भनेको डेभोर्स दिने वैगुनी श्रीमानलाई स्वागत गरे जस्तै हो

नागरिकता खोई अभियान भन्छ प्रधानमन्त्री ओलीलाई अमेरिकामा स्वागत गर्नु भनेको डेभोर्स दिने वैगुनी श्रीमानलाई स्वागत गरे जस्तै हो


अमेरिका- नागरिकता खोई अभियानले अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका पदाधिकारीलाई स्वागत नगर्न नेपाली समुदायसंग फेरी अपिल गरेको छ । हामी मध्ये कयौंलाई नचाहंदा नचाहंदै पनि नेपाली नागरिकता विहिन वनाईएकाले विदेशी हुनुपरेको र विदेशी प्रधानमन्त्रीलाई फुलमाला सहित स्वागत गर्न नमिल्ने हुदां यस्तो आग्रह गरिएको उक्त अभियानका संयोजक वासु घिमिरेले वताएका छन् ।

केही दिन अघि पनि नागरिकता खोई अभियानले प्रधानमन्त्री ओली लगायत सरकारका वरिष्ठ पदाधिकारीलाई स्वागत नगर्न अनुरोध गरेको थियो । यसका पक्ष विपक्षमा विभिन्न प्रतिकृया आए पछि नागरिकता खोई अभियानका घिमिरेले उक्त स्पष्टिकरण दिएका हुन् ।

अमेरिकाको नागरिकता लिने नेपालीको नेपाली नागरिकता स्वतह रद्द हुने प्रावधान छ । नागरिकता खोई अभियानले नेपालीको नागरिकताको निरन्तरताका लागि विभिन्न अभियान गर्दै आएको छ ।

अमेरिकामा वस्ने यहांको नागरिकता लिने नेपाली समुदायले नेपालका प्रधानमन्त्री मन्त्रीलाई स्वागत गर्नु भनेको अति माया गर्ने श्रीमतीलाई जवरजस्त डिभोर्स दिने लोग्नेलाई स्वागत गरे जस्तै हो । अमेरिकामा अहिले प्रधानमन्त्री ओली र मन्त्रीहरुलाई स्वागत गर्नु भनेको श्रीमतीले लोग्नेलाई अतिनै माया गर्थी तर, वैगुनी श्रीमानले जवरजस्ती डिभोर्स दिन्छ यसरी डिभोर्स दिने वेइमानी श्रीमानलाई स्वागत गरे जस्तै हुन्छ घिमिरेले भने । अहिले राज्य सत्तामा हुनेले विदेशमा वस्ने नेपाली समुदायको समस्या कत्तिपनि वुझेका छैनन उनले भने खाली मिट्यान्सका रुपमा कति पैसा नेपाल आयो त्यो मात्र हर हिसाव राख्ने गरिएको छ । यही कारण स्वदेशमा मात्र होइन विदेशमा समेत नेपालीले दुख्ख पाईरहेका छन् घिमिरेले भने ।

न्यूओर्कमा नेपाल जनसम्पर्क समिति लगायत केही संघ संस्था मिलेर प्रधानमन्त्री र मन्त्रीका लागि कार्यक्रम राखेका छन् । जनसम्पर्क समिति अमेरिका १० बर्ष यता अधिवेशन गर्न नसक्दा विवादमा छ ।

अमेरिकामा वस्ने नेपालीको मुख्य चासो नागरिकताको निरन्तरता हो । संविधानमा एनआरएन नागरिकताको व्यवस्था गरिएको छ । तर, यो एनआरएन नागरिकता हुदां समेत नेपालमा जांदा भिसा लगाउनु पर्ने वाध्यता छ । अहिले राष्ट्रिय परिचय पत्र वितरण गरिएकाले विदेशी नागरिकता लिने नेपालले नेपालको भएको घरजग्गा समेत विक्री गर्न सक्दैनन् । नेपालमा एउटा सिम कार्ड लिन पनि नसक्ने अवस्था छ ।

विदेशमा वसेर यहां कमाएको पैसा र सिप लिएर नेपाल जाने नेपालीलाई धेरैनै दुख्ख छ घिमिरेले भने यसलाई वुझाउननै नागरिकता खोई अभियान शुरु गरेको उनले वताए ।

नागरिकताको निरन्तरतामा समर्थन नगर्ने राजनीतिक पार्टी र नेता आउने निर्वाचनमा नराम्रोसंग पछारिने घिमिरेले वताए । हामी त प्रधानमन्त्री ओलीलाई हामीले भोगेको समस्या वताएका छौं नागरिकताको निरन्तरता गर्नुहोस हामी तपाईलाई राष्ट्र नायक मान्छौं भनिरहेका छौं घिमिरले भने ।