मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रवि लामिछानेबारे कुमार रम्तेलले समितिमा के के भने ?

रवि लामिछानेबारे कुमार रम्तेलले समितिमा के के भने ?

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयानमा लामिछानेले सहकारीबाट ऋण लिएको बयान दिएका हुन् ।

समितिमा रम्तेलले भनेका छन्- ‘सूर्यदर्शनबाट भएको कारोवारबारे मलाई जानकारी भएन तर सुप्रिम वचत तथा ऋण सहकारी संस्था बुटवलबाट मेरो नाममा करिब एक करोड ९० लाखको कृत्रिम ऋण खडा गरी करिब ७ लाख किस्ता तिरिएको ऋणी रवि लामिछाने र करिब १७ लाख किस्ता तिरिएको छविलाल बन्जाडे जोशीको किस्ता तिरिएको हो। ऋणी रवि लामिछाने पूर्व उपप्रधान तथा गृह मन्त्रि एवम् प्रतिनिधि सभाका माननिय सदस्य र करीब किस्ता तिरिएको छविलाल बन्जाडे जोशी पुर्व नायव महानिरीक्षक हुनुहुन्छ भन्नेमा म यकीन छु। सो ऋणको बाँकी रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको देखिन्छ ।’

रम्तेलले ग्यालेक्सी टिभीको अहिलेको हालत हुनुमा लामिछाने दोषी भएको बयान दिएका छन् ।

उनले भनेका छन्- ‘मेरो नाममा खडा गरिएको ऋण कृत्रिम ऋण हो। मैले चिनेको रवि लामिछाने निज पूर्वउपप्रधान तथा गृहमन्त्री नै हुन् । मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ । त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिन साथ भन्न सक्छु । तर निज रवि लामिछानेको ऋण खाता वास्तविक हो वा कृत्रिम हो भन्न सक्दिन ।’

निज रवि लामिछाने उहाँको पार्टीको बुटवल-नारायणगढ पदयात्रामा हुँदा मैले दिपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छसमेत भनेको थिएँ । ग्यालेक्सी टिभीमा कम्तिमा ५ वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरीरहेको अवस्थामा तपाईले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जिवि राईसँग कुरा भइसकेको छ भन्नुभएको थियो ।’