मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बिजनेस/ इकोनोमी   

एकै पटक सामान्य भन्दा उच्च अंकले बैंक ब्याजदर कटौती

एकै पटक सामान्य भन्दा उच्च अंकले बैंक ब्याजदर कटौती

ऋणमा घर, कार किन्नेलाई सस्तो पर्ने, व्यवसायका लागि ऋण लिदां मोर्गेजपनि घट्ने


तस्बिर: सामाजिक संजाल

अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भ बैंकले वुधवार एकै पटक सामान्य भन्दा केही वढी बैंक व्याजदर कटौती गरेको छ । यसले ऋणमा घर, कार किन्नेलाई तिर्नु पर्ने किस्तामा केही कम हुने छ । यस्तै अव व्यवसायका लागि ऋण लिदां पनि मासिक तिर्नु पर्ने किस्ता मोर्गेज पनि केही घट्ने छ । क्रेडिटकार्ड चलाउंदा लाग्ने ब्यादरपनि सामान्य घट्ने छ ।

फेडरल रिजर्भले वुधवार एकै पटक आधा प्रतिशतले ब्याजदर घटाउने निर्णय गरेको हो । कुनै पनि बैंक वा यस्तै वित्तिय संस्थाले आफुलाई पैसा आवश्यक पर्दा फेडरल रिजर्भवाट सापटी लिने गर्छन । यसरी सापटी लिदां केन्द्रिय बैंकले उक्त पैसामा ब्याजदर तोकेका हुन्छन् । यसलाई बैंकरेट पनि भनिन्छ । अहिले फेडरल रिजर्भले यही बैंक रेट घटाएको हो ।

वित्तीय संस्थाले सस्तोमा पैसा पाए पछि घर किन्ने व्यक्ति होस वा व्यवसाय गर्ने कम्पनी उसलाई पनि सस्तोमा पैसा दिन्छ । यही कारण फेडरल रिजर्भले घटाउने बैंक रेटले सर्वसाधारणलाई पनि असर पार्छ ।

बजारमा उपभोक्ता वस्तुको मुल्य बृद्धी धेरै भएको भन्दै विगत ४ बर्ष यता फेडरल रिजर्भले व्याजदर घटाएको थिएन । मूल्य बृद्धि अर्थात मुद्रा स्फिती कम गर्न विगतमा कयौं पटक बैंक रेट बृद्धि गरिरहेको थियो । यसले गर्दा घर, कार किन्न महंगो भएको थियो । यस्तै व्यवसायीले पनि कर्जाको व्याजदर उच्च तिर्नु पर्दा व्यवसायको लागत वढेको थियो ।
यो ब्याजदर कटौतीले ऋणमा घर किन्दा तिर्नु पर्ने किस्ता अर्थात मोर्गेज केही कम पर्ने छ । उच्च ब्याजदरका कारण अमेरिकामा केही महिना यता घर किन्न चाहनेहरु हतोत्साहित भएका थिए । कार किन्न पनि महंगो हुदैं गएको थियो ।

अहिले घर किन्नका लागि कर्जाको ब्याजदर करिव साढे ६ प्रतिशत छ । अहिलेको यो कटौतीले घर किन्दा लाग्ने ब्याजदर ६ प्रतिशत वा यो भन्दा केही कममा झर्ने अनुमान गर्न सकिन्छ ।

अमेरिकामा राष्ट्रपति चुनाव हुनुभन्दा ४८ दिन अघि फेडरल रिजर्भले ब्याजदर घटाएको हो । यो उचित हो वा होइन भन्नेमा भने बहस भईरहेको छ । अहिले तेलको मूल्य केही घटेकाले मूल्य बृद्धि घटेको हुदां यो रेट कटले समस्या ल्याउंछ भनेर दावी गर्नेहरु पनि छन् ।

यो रेटकटले घर किन्नेलाई फाइदा हुन्छ हुन्न भन्नेमा पनि एक मत छैन । माग अनुसार नयां आवासिय घर नवनेकाले घरको मूल्य महंगो भएको हो । अहिले पनि ७६ प्रतिशत घर धनीले ५ प्रतिशत भन्दा तल ब्याजदरमा पैसा पाएका छन् । यस्तै ५६ प्रतिशत घर धनीले त ४ प्रतिशत भन्दा कम ब्याजदर तिरिरहेको तथ्यांक छ । यस्तो अवस्थामा हालका घर धनी घर बिक्री गर्न उत्साहित नहुनु सक्छन् । किन भने उनीहरुले अर्को नयां घर किन्दा अहिले तिरिरहेको भन्दा महंगो ब्याज तिर्नु पर्ने हुन्छ । माग अनुसार नयां घर नवनेकाले घरको मूल्य तत्काल घट्ने संभावना कम देखिन्छ । तर, पहिलो पटक घर किन्नेलाई भने ब्याददर कटौतीले केही न केही सहयोग पुग्छ ।

यो मोमो समय हो ! एभरेष्ट मोमो युलेसमा हामीलाई भेट्न आउनुहोस् !