मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा

बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा

हिमालय खबर

शेयर गर्नुहोस:

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् ।

शनिबार काठमाडौँमा आयोजित एमालेको ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै ‘मनपरी बोल्ने केटो’ को संज्ञा दिएका हुन् ।

ओलीले भने- ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यल्ले मनपरी बोल्छ। त्यल्लाई चलाउनुहुँदैन है ! त्यो सँग जनमत छ अरे ! डराएर उसलाई नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौँ नि हामीले, बोक्नेले त बोकेकै छ ।’ उनले अगाडि भने- ‘बिरालो काँधमा बोकेर यतापट्टिबाट गोली हानेर मृग मार्‍यो भन्दै भ्रम चलाइन्छ। त्यसकारण हामी भ्रमबाट मुक्त हुनुपर्छ ।’

‘नलडी कोही हुन्न विजेता’ भन्दै ओलीले बलियो र दुब्लोको लडाइँमा बलियोले प्रहारै गर्दैन भने दुब्लोको त्यसै जित हुने बताए । उनले भने- ‘दुब्लोले कहिले आँखा फुटाइदेला, अर्कोपटक के गर्देला, अर्को पटक दाँत झारिदेला, दुब्लोले त्यति त सक्छ नि ! बलियाले हात छाड्दैन । अनि दुब्लोले एकलौटी हान्या छ, हान्या छ गरेपछि बलियोले नि हार्छ । लड्नुपर्‍यो नि जित्न । आफ्नै हातमा मोबाइल छ, तर, आफ्नै साथीविरुद्ध लेख्या छ । विरोधीसँग लड्न मोबाइल चुप छ । अनि हामी लड्छौँ कसरी ?’

उनले एमाले बलियो हुँदाहुँदै पनि लडाइँ नगर्दा अहिले बजारमा कमजोर देखिएको ओलीको भनाइ थियो ।