मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

विदेश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा कलाकार ‘इकु’ पक्राउ

विदेश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा कलाकार ‘इकु’ पक्राउ


शेयर गर्नुहोस:

1.9k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले राससलाई जानकारी दिए ।

Advertisement

उनले भने, “पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका निजले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा पनि रु १५ देखि २० लाखसम्म उठाउने गरेको जानकारी आएकाले उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक बोगटीले बताए ।

पक्राउ परेका निज सूर्यमानको बुधबार जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान सिआइबीले जनाएको छ ।

शेयर गर्नुहोस:

1.9k
Shares