मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव

उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव


शेयर गर्नुहोस:

648
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएको छ ।

एमालेका सांसद गोकुल बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख विवादमा परेकोले राजीनामा दिए उपयुक्त हुने सुझाव दिएका हुन् ।

Advertisement
ADVERTISEMENT

सत्तारुढ दलहरु बीच उपसभामुखलाई हटाउने विषयमा छलफल भइरहेको बेला एमाले सांसद बास्कोटाले मगरलाई राजीनामा दिनुनै उपयुक्त हुने बताएका हुन् ।

उनले लोकतन्त्रमा सबैसँग प्रश्न उठाउन पाइने भन्दै अरुलाई गलत प्रमाणित गर्ने अवसर पनि लोकतन्त्रमा हुने बताएका हुन् । उनले आफूमाथि पनि सेक्युरिटी प्रेस प्रकरणमा ७० करोड खाएको प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गर्दै आफ्नो बारेमा प्रश्न उठेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने साहस राजनीति गर्नेहरुमा हुनुपर्ने उल्लेख गरे । उनले गम्भीर प्रश्नहरु उठेपछि पद छोड्नु नै उपयुक्त हुने बताए ।

सांसद बास्कोटाले उपसभामुखलाई हटाउने नहटाउने विषय सरकारको भन्दा संसदको विषय भएको भन्दै भ्रम नफैलाउन आग्रह गरे ।

#सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस)का लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा झन्डै ७० करोड ‘भ्रष्टाचार’ भएको तथ्य खुलेको छ। उक्त घटनालाई लिएर अख्तियारले २०८० वैशाख ३ गते आइतबार सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ।

शेयर गर्नुहोस:

648
Shares