मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

बालेनको चुनौतीः ‘म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ’

बालेनको चुनौतीः ‘म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ’

हिमालय खबर

शेयर गर्नुहोस:

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहले सरकारलाई चेतावनी दिँदै सामाजिक सञ्जाल फेसबुकमा अर्को स्टाटस लेखेका छन् ।

उनले यसअघि नेकपा (एमाले)की प्रदेश सांसद् रेखाकुमारी शर्माले बालिकालाई श्रम शोषण गरेको विषयलाई लिएर फेसबुकमा प्रतिक्रिया जनाएका थिए । यसै विषयलाई लिएर उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि कटाक्ष गरेका हुन् ।

धेरैले विरोध गरेपछि उनको पोस्ट एक्कासि हटेको थियो । त्यही विषयलाई लिएर बालेनले मंगलबार साँझ फेरि अर्को स्टाटस लेखेका छन् । ‘पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ,’ उनले भनेका छन् ।