मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
मुख्य समाचार   

कोलोराडोमा दिदीबहिनी समुहको आयोजनामा सामुहिक दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न

कोलोराडोमा दिदीबहिनी समुहको आयोजनामा सामुहिक दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न


कोलोराडो अमेरीका- हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी  दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक दरखाने कार्यक्रम  भब्यताका साथ सम्पन्न गरेका छन ।

प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै  माईतीको झल्को मेटाउन  सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोले दरखाने कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

शनीबार सांझ ५ बजे देखी राती १० बजे सम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा  संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी तथा नेपाली भाषी बुबाआमा , दिदीबहिनी दाजु भाईहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष धन पौडेलले उपस्थित सबैलाई स्वागत गरेकी थिईन । त्यसैगरी उनले संस्था स्थापनाको उद्धेश्य र कृयाकलाप बारे प्रकाश पारेकी थिईन् । उनले यस्ता कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन सहयोग पुग्ने बताउदै कार्यक्रम सफल बनाउन तन मन र धनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन । त्यसैगरी कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगी संघ संस्था तथा दाताहरुको नाम संस्थाका कोषाध्यक्ष पुष्पा पौडेलले पढेर सुनाएकी थिइन ।

सन् २०१७ देखी कोलाराडोका दिदी बहिनीहरु संगठीत भएर बिभिन्न सामाजिक, सांस्कृतीक, आवश्यकता अनुसार आर्थिक सहयोग संकलन र हस्तान्तरण, तथा महिला हकहित जस्ता सामाजिक कार्यका लागी निरन्तर अग्रसर हुदै अ।एको सिष्टर्स ग्रुप दिदी बहिनी समुह औपचारिक रुपमा दर्ता भई 501(C) समेत प्राप्त गरिसकेको संस्था हो ।

दरखाने कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न राफल चिट्टा समेत राखिएको थियो । जसमा राफल चिट्टा प्राप्तगर्ने  दिदी बहिनीलाई साडी स्वास्थ्य सामग्री तथा श्रृगारका सामानहरू पुरस्कार प्रदान गरिएको थियो ।

 कार्यक्रममा उपस्थित दिदी बहिनीहरुले तिजका गीत गाउदै, नाचगान गर्दै दिदीबदिनीहरु आफैले तयार पारेको सेलरोटीखिरदहि लगायतका स्वादिष्ट भोजनहरु खादै एक आपसमा शुभकामना साटासाट गरि तिज मनाएका थिए ।

शेयर गर्नुहोस:

2.3k
Shares