मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मुलुकलाई अगाडि बढाउन संविधान संशोधन आवश्यक : वरिष्ठ उपाध्यक्ष पोखरेल

मुलुकलाई अगाडि बढाउन संविधान संशोधन आवश्यक : वरिष्ठ उपाध्यक्ष पोखरेल

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकलाई विकास, समृद्धि र स्थिरताको बाटोमा अगाडि बढाउन संविधानका केही प्रावधानलाई संशोधन गर्न आवश्यक रहेको रहेको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको ‘काठमाडौँ सहरीकरणः वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक अन्तर्क्रियामा उनले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिले मुलुकमा देखिएको राजनीतिक अस्थिरता अन्त्यको सुरुआत गरेकोसमेत बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधनको बहस बहसका लागि आग्रह गरे । “शासकीय स्वरूप र निर्वाचन प्रणालीमा देखापरेका समस्या तथा संविधानमा कतिपय कुरा मिलाउनुपर्ने छन् । यसबीचमा संविधानको व्यवहारिक अभ्यासका क्रममा देखापरेका सङ्गति नमिलेका कुराहरू सच्च्याउने अवसर पनि छ”, उनले भने, “विज्ञहरूले यति बेला मन खुलाएर कहाँ कहाँ सच्च्याउनुपर्ने हो । त्यस विषयमा सुझाव दिन जरूरी छ । त्यसैले म देश विकासका लागि राजनीतिक प्रणालीमा के के गर्न आवश्यक छ, त्यसमा पनि सुझावका लागि आग्रह गर्दछु ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौँ, ललितपुर र भक्तपुरको एकीकृत विकासका लागि भू–उपयोग नीति आवश्यक रहेको धारणा राखे । “काठमाडौँमा बस्ती बसाउन कहाँ, खेतीपाती गर्ने कहाँ ? बजार बसाउन कहाँ ? भनेर भूउपयोग नीति प्रभावकारी ढङ्गबाट लागू गर्नुपर्दछ”, उनले भने, “अहिलेको जस्तो जसले, जसरी, जे गरे पनि छूट पाउने अववस्था रहनुहुँदैन । त्यसैले भूउपभोग नीति कार्यान्वयन हुनुपर्छ ।”

कार्यक्रममा एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले अव्यवस्थित बसोबास व्यवस्थित गर्न पनि भूउपभोग नीति आवश्यक रहेकामा जोड दिए ।