मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पर्यटनमन्त्रीद्वारा हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनासँग छलफल

पर्यटनमन्त्रीद्वारा हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनासँग छलफल

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारबारे रक्षामन्त्री मानवीर राई र कामु प्रधानसेनापति अशोक सिग्देलसँग राय लिएका छन् । छलफलमा नेपाली सेनाका अधिकारीहरूले तालिम र व्यवस्थापन, अवलम्बन गरेका असल अभ्यासबारे सुझाव दिएका छन् ।

भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्न ठाउँ(ठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नुपर्ने लगायत विषयमा नेपाली सेनाले सुझाव दिएको छ ।

एक महिनामा जहाज र हेलिकप्टर दुर्घटना भएपछि पर्यटन मन्त्रीले आइतबार रक्षामन्त्री, प्रधानसेनापति साथै दुई मन्त्रालयका सचिवहरूसँग सामूहिक छलफल गरेका छन् ।

नेपाली सेनाको हवाई सेवा उत्कृष्ट रहेकाले गैरसैनिक हवाई उडानलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा मन्त्री पाण्डेले सुझाव मागेका हुन् । हालै भएका हवाई दुर्घटना छानबिन समिति गठन भए पनि अध्ययन प्रतिवेदन आउन बाँकी छ ।

अनुभव साट्ने क्रममा नेपाली सेनाका अधिकारीहरूले हवाई सुरक्षाका लागि ‘ओभरअल सिस्टम’ (समग्र प्रणाली) र नियम कानुनको कमी नभएको तर कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

सेनाको हवाई सुरक्षा सन्दर्भमा आफ्नै निर्देशिका भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को निर्देशिका पछ्याउन नपरेको प्रष्ट पारेको छ ।

धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनुपर्ने, नागरिक उड्डयन प्राधिकरण, आइकाओ र नेपाली सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमनमा जोड दिनुपर्ने विषयमा समेत सुझाव दिइएको थियो ।