मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

काठमाडौँको एक गेष्ट हाउसमा दुई जना मृत अवस्थामा फेला

काठमाडौँको एक गेष्ट हाउसमा दुई जना मृत अवस्थामा फेला

हिमालय खबर

शेयर गर्नुहोस:

567
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँको सिनामङ्गलस्थित एक गेष्ट हाउसमा युवा र युवती मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बाजुराको त्रिवेणी नगरपालिका(४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँका २० वर्षीया करिष्मा सार्की मृत भेटिएको जानकारी दिए ।

महानगरपालिका ९ स्थित शान्ता कार्कीले सञ्चालन गरेको होटल झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा उनीहरु यही साउन १५ गतेदेखि बस्दै आएका थिए ।

होटलका कर्मचारीले आज मध्याह्न खाना खाने नखाने निधो गर्नका लागि कोठामा जाँदा ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त खबरपछि घटनास्थलमा प्रहरी दिउँसो १ः १५ बजेको समयमा पुगेकोमा ढोका खोली हेर्दा दुवै जना मृत फेला परेको उनले बताए ।

अधिकारीका अनुसार महिला घाँटी काटिएको अवस्थामा मृत फेला परेको र पुरुष पङ्खामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।