मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

प्रजातन्त्र दिवसको दिन छुटेका व्यक्तिले गरे अर्को हत्या !

प्रजातन्त्र दिवसको दिन छुटेका व्यक्तिले गरे अर्को हत्या !

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका वडा नं-४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका वडा नं-५ का ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । तामाङले घरमै बोलाएर दाहालको हत्या गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

मंगलबार राति साढे ६ बजे तामाङले आफ्नै घरमा बोलाएर दाहालमाथि धारिलो हतियार तथा लाठी प्रहार गरेका थिए । गम्भीर घाइते भएका दाहाललाई गोदावरी अस्पताल उर्लाबारीमा प्रारम्भिक उपचारपछि बिएन्डसी अस्पताल विर्तामोड लगिएको थियो । दाहालको उपचारको क्रममा त्यही दिन राति ८ः४० बजे मृत्यु भएको थियो ।

कार्कीका अनुसार दाहालको हत्यापछि भागेका तामाङलाई सुन्दरहरैंचा नगरपालिका-४, दुलारी चोकमा पक्राउ गरिएको हो । उनी को १ ख ६४७१ नम्बरको बसमा सवार थिए । तामाङ हत्या आरोपमा जेल परेर छुटेका व्यक्ति हुन् । उनको आपराधिक अभिलेखबारे प्रहरीले जानकारी दिएको छ।

तामाङलाई कर्तव्य ज्यानमुद्दामा २०७१ साल असोज ९ गते अदालतले १० वर्षको कैद सजाय तोकेको थियो । तर, उनी २०७६ सालको प्रजातन्त्र दिवसको दिन छुटेका थिए । जेलबाट छुटेको एक वर्षमै उनलाई ज्यान मार्ने उद्योगमा अदालतले २०७७ भदौ ८ गते २ वर्ष ६ महिना कैद तोकेको थियो। त्यो कैद भुक्तान गरेर तामाङ छुटेका थिए ।

जेलबाट छुटेको दुई महिनापछि २०७७ कात्तिक ७ गते उनलाई अदालतले लागूऔषध मुद्दामा तीन महिना कैद र एक लाख रुपैयाँ धरौटी तोकेको थियो । त्यो कैद भुक्तान गरी तामाङ छुटेका थिए । त्यस्तै, अभद्र व्यवहार मुद्दामा २०८० असोज २४ गते उनी एक लाख धरौटी तिर्न नसकेर कारागार मोरङ चलान भए । २५ गते धरौटी तिरेर उनी छुटेका थिए ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको छ। तामाङलाई कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ । दाहालको हत्या हुनुमा पुरानो रिसिइबी नरहेको बुझिएको प्रहरीले जनाएको छ। त्यसदिन तामाङले दाहाललाई मोबाइल चोरी गरेको आरोप लगाएका थिए ।

ुउनीहरूबीच पुरानो झगडा रिसिइबी देखिँदैन, मोबाइल चोरी भएको विषयमा बोलाएर छलफल गर्ने क्रममा तामाङले दाहालमाथि छुरा प्रहार गरेको बुझिएको छ, प्रहरी उपरीक्षक कार्कीले भने । घटना भएको अघिल्लो दिन छिमेकी व्यक्ति सञ्जय आचार्यसँग दाहालको झगडा भएको थियो ।

त्यसक्रममा आचार्यले दाहाललाई धम्क्याएको आफन्त टीका दाहालले बताइन्। त्यसको भोलिपल्टै घरबाटै बोलाएर दाहाललाई तामाङले लगेको उनले बताइन् । घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, मुख्य व्यक्ति तामाङ नै रहेको प्रहरीले जनाएको छ । हत्या गरिएका युवक गोपाल दाहालका एकमात्रै छोरा थिए । उनको हत्यापछि परिवार शोकमग्न बनेको छ ।