मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

गोरखामा पहिरोमा परी एकै परिवार तीनसहित पाँच बेपत्ता

गोरखामा पहिरोमा परी एकै परिवार तीनसहित पाँच बेपत्ता

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । जीतबहादुर गुरूङको घर र गोठ पहिरो बगाउँदा बेपत्ता भएका पाँचै जनाको परिचय खुलेको उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरूङले जानकारी दिइन् ।

पहिरोमा जीतबहादुरसहित कान्छी गुरूङ, सोलाल कान्छा गुरूङ, रमेश परियार र रमेश गुरूङ बेपत्ता भएका धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङले जानकारी दिए ।

अध्यक्ष गुरूङका अनुसार घटनास्थलमा बेपत्ताको खोजीका लागि स्थानीयसहित जनप्रतिनिधि र नेपाल प्रहरीको टोली खटिएको छ । पहिरोमा परी घाइते भएका दिलीप गुरूङ र छामबहादुर गुरूङ रहेको जनाउँदै दिलीपको अवस्था भने गम्भीर रहेको उनले बताए । घाइते दुवैको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

“नेपाली सेनाको टोली यसअघि नै उद्धारका लागि घटनास्थलतर्फ गइसकेको छ । स्थानीय र प्रहरीको टोली घटनास्थलमा पुगेर बेपत्ता भएकाको खोजी तीव्र पारेको छ”, अध्यक्ष गुरूङले भने । भौगोलिक विकटताका कारण घटनास्थलतर्फ पुग्न केही कठिनाइ भएको उनले जानकारी दिए ।

उक्त घरमा होटलसमेत सञ्चालन गरिएकाले बाहिरबाट अतिथि आएर खानेबस्ने गर्दथे । यसअघि पहिरोमा परी चारजना बेपत्ता भएका भन्ने जानकारी पाएका थियौँ । पछि थप एकजना पहिरोमा बेपत्ता भएको पुष्टि भएको हो”, अध्यक्ष गुरूङले भने ।

सोही ठाउँमा कामका लागि पुगेका ट्र्याक्टर चालक रमेश परियार पहिरोमा परेर बेपत्ता भएका स्थानीय कर्णमाइला गुरूङले जानकारी दिए । उनी शनिबार मात्र ट्र्याक्टर लिएर त्यहाँ पुगेका थिए ।

बेपत्ता हुनेमा एकै परिवार तीनजना

पहिरोमा परी बेपत्ता हुनेहरुमा एकै परिवारका तीन जना रहेका छन् । एउटै घरका बाबु, छोरा र बुहारी पहिरोमा बेपत्ता भएको स्थानीय कर्णमाइलाले जानकारी दिए ।

पहिरोमा ६५ वर्षीया सोलाल कान्छा, उनका छोरा जीतबहादुर र बुहारी कान्छी गुरूङ बेपत्ता भएका हुन् । बेपत्ताको खोजी र उद्धार तीव्र पारिएको गाउँपालिकाका अध्यक्ष गुरूङले बताए ।