मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

पूर्वसचिवसँग सहकारी संसदीय छानबिन विशेष समितिको छलफल

पूर्वसचिवसँग सहकारी संसदीय छानबिन विशेष समितिको छलफल

हिमालय खबर

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ ।

समितिले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्वय गोपीनाथ मैनाली र डा दामोदर रेग्मीसँग छलफल गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी सङ्कटलगायत विभिन्न संरचनाको कानुनी एवं व्यावहारिक अभ्यास र अनुभवका सम्बन्धमा छलफल भएको उनले बताए ।

उनका अनुसार आवश्यक कागजात मागिएका निकायका सम्पर्क व्यक्तिसँग फलोअप गर्ने, देशभरि राम्रोसँग सञ्चालन भइरहेका सहकारीसँग प्रतिनिधिमूलक छलफल गर्ने, विभिन्न व्यक्तिसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने, सहकारी संस्थाका लेखापरीक्षकको अनुभवमा आधारित छलफल गर्ने निर्णय गरिएको बताए ।