मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नारायणी नदीमा थप एकसहित आठ जनाको शव भेटियो, पाँच जनाको सनाखत

नारायणी नदीमा थप एकसहित आठ जनाको शव भेटियो, पाँच जनाको सनाखत

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी । नारायणी नदीमा थप एक जना पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार आइतबार साँझ पौने ५ बजेतिर सुस्ता गाउँपालिका वडा नं-४ को १५ नम्बर ठोकरमा अन्दाजी ४५ वर्षको पुरूष व्यक्तिको शव भेटिएको हो ।

स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलतर्फ पुगेको थियो । छिर्केमिर्के सर्ट, खुट्टामा मोजा र कम्मरमा कालो कन्दानी बाँधेको अवस्थामा शव फेला परेको हो । उक्त शव सिमलताल घटनाको भएको आशंका गरिएको छ ।

त्यसैगरी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं-७ त्रिवेणी व्यारेज पुलस्थित गण्डक नहरमा दुई जनाको शव फेला परेको छ । नहरमा एक जना घोप्टो परेको अवस्थामा र एक जना उत्तानो परेको अवस्थामा पुरूषजस्तो देखिने दुई वटा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार शव निकाल्ने प्रयास भइरहेको छ । उक्त शव सिमलतालमा भएको बस दुर्घटनाका यात्रु भएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि शनिबार भेटिएका तीनवटा शव र आइतबार भेटिएका दुई वटा शवको सनाखत भएको छ । राप्ती र नारायणी नदीको दोभान गोलाघाट र गैँडाकोटको थुम्सी र गैरीमा तीनवटा शव भेटिएको थियो ।

नवलपुर र पश्चिम नवलपरासीमा दुर्घटनामा परेका यात्रुहरू भेटिन सक्ने भएकोले प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।