मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
बिश्व घटना   

ट्रम्पमाथि गोली प्रहारको घटनाप्रति बाइडेनद्वारा दुःख व्यक्त

ट्रम्पमाथि गोली प्रहारको घटनाप्रति बाइडेनद्वारा दुःख व्यक्त


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन डिसी (अमेरिका) । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकामा राजनीतिक हिंसा सह्य नभएको दोहोर्‍याएका छन् ।

राष्ट्रपति बाइडेनले राजनीतिक हिंसालाई बिरामी मानसिकताको उपज भन्दै ट्रम्पको अवस्था सुरक्षित रहेकोमा आफू खुसी रहेकोसमेत उल्लेख गरेका छन् ।

Advertisement

शनिबार पेन्सलभेनियाको चुनावी सभालाई सम्बोधन गरिरहेका ट्रम्पमाथि एक्कासि मैदान बाहिरबाट गोली प्रहार भएको जनाइएको छ । उक्त घटनामा संलग्न गोली प्रहार गर्ने व्यक्ति मारिएको जिल्ला महान्याधिवक्ताले सिएनएनसँग बताएका छन् ।

यस हमलामा एक ट्रम्प समर्थकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

शेयर गर्नुहोस:

81
Shares