मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

प्रचलित कानुनविपरीत निलम्बन गरियो : डा. ढकाल

प्रचलित कानुनविपरीत निलम्बन गरियो : डा. ढकाल

हिमालय खबर

शेयर गर्नुहोस:

702
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई स्पष्टीकरणको मौका नै नदिई निलम्बिन गरिएकोमा आक्रोश व्यक्त गरेका छन् ।

डा. ढकाललाई बुधबार बसेको केन्द्रीय समितिको बैठकले सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बिन गरिएको थियो ।

ढकालले विधि पद्दति र लोकतान्त्रिक मूल्य मान्यताअनुसार आफूलाई गरिएको निलम्बनको प्रक्रिया नमिलेको बताउँदै स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुराशयपूर्ण रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘स्पष्टीकरणलाई दर्ता नै गर्न नदिएर, स्पष्टीकरण दिएन भन्ने भाष्य सिर्जना गर्न खोजियो । आज सोधिएको स्पष्टीकरणको अन्तिम म्याद हो र मैले स्पष्टीकरण १९ गते नै बुझाएको हो र दर्ता गर्न आग्रह गर्दा गर्दै दर्ता गर्न इन्कार गरियो । स्पष्टीकरण दर्ता गर्न नदिएपछि, कसरी स्पष्टीकरण दिनु ?’

उनले थपेका छन्, ‘राजनीतिक दलसम्बन्धीको ऐनले स्पष्टीकरणको मौकासमेत नदिई कारबाही गर्न दिँदैन । तर, राज्यको प्रचलित कानुनविपरीत मलाई निलम्बन गरियो ।’

‘उपसभापतिलाई निलम्बन गर्ने अधिकार नभएको र त्यस्तो अधिकार सभापतिबाट प्रत्यायोजन हुनपर्नेमा त्यस्तो अधिकार प्रत्यायोजनका पत्र पनि सभापतिबाट प्राप्त भएको छैन । तथापि, राजनीतिक विषयमा यसरी विधि पद्दति धेरै केलाउनको साटो, राजनीतिक कारबाही अनुरूप लिएको छु’, उनले भने, ‘विधि पद्दति र लोकतान्त्रिक मूल्य मान्यताअनुसार मलाई गरिएको निलम्बनको प्रक्रिया मिलेको छैन । स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुराशयपूर्ण छ, अलोकतान्त्रिक छ ।’