मुख्य समाचार

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय


शेयर गर्नुहोस:

594
Shares

  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो निर्णय गरेसँगै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि आज नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने भएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमालेका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई भेटेर सामूहिकरुपमा राजीनामा बुझाउँदै छन् । यसअघि एमालेले मंगलबार आजसम्मको समय दिएर प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।

Advertisement

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।