मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

परिवर्तनका पक्षमा खुलेर बोल्न र लेख्न बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह

परिवर्तनका पक्षमा खुलेर बोल्न र लेख्न बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा नकारात्मक भाष्य सिर्जना गर्नुभन्दा सकारात्मक भाष्य निर्माण गर्न आग्रह गरे। नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेर मात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए ।

‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो। जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन’ उनले भने’ इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ।’ उनले बुद्धिजीवीहरूलाई परिवर्तनका पक्षमा खुलेर बोल्न र डटेर लेख्न अप्ठ्यारो नमान्न आग्रह गरे।

नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै संसारभर जनतालाई कता डोर्याउने भन्ने सवालमा बुद्धिजीवीहरूको भूमिका निर्णायक हुने उनले बताए।

‘क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान छ। हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीहरूको सक्रियता थियो, आज पनि उत्तिकै छ’ उनले भने ।

क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तन विरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाइ छ ।

उनले बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डोर्याउन भूमिका खेल्नुपर्ने भन्दै क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।