मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

जिबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

जिबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

हिमालय खबर

शेयर गर्नुहोस:

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका छन् ।

बिहीबार बिहान चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जिबी राईको लोकेसन कन्फर्म गरिसकेको बताए ।

उनले मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै उनले जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताए । गृहमन्त्री लामिछानेले त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइँ भइरहेको र कोसिस जारी रहेको बताए ।

गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेसियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो । तर, औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेसियाले हालसम्म कुनै औपचारिक जवाफ दिएको छैन ।