मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सरकारमा त हामी छौँ, सत्ता अर्कैले चलाइरहेको छ : गृहमन्त्री लामिछाने

सरकारमा त हामी छौँ, सत्ता अर्कैले चलाइरहेको छ : गृहमन्त्री लामिछाने

हिमालय खबर

शेयर गर्नुहोस:

459
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू सरकारमा भए पनि सरकार अरुले नै चलाएको गुनासो गरेका छन् ।

गृहमन्त्री बनेको सयदिन पुगेको अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार फेरिँदा पनि सत्ता नफेरिएको टिप्पणी गरेका हुन् ।

गृहमन्त्री लामिछानेले आफूले भ्रष्टाचारलगायत विभिन्न प्रकारका फाइल खोल्न चाहे पनि सत्ता पक्षबाट असहयोग भएको संकेत गरेका छन् ।

उनले भनेक छन्, ‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ । सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ । सरकार फेरिँदा पनि सत्ता फेरिँदैन । नेपालमा सरकारमा त हामी छौँ । सत्तामा त के–के छ, के–के छ ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रोचाहिँ हुन्छ ।’

उनले बेथितिका कयौं फाइलहरु खोल्नेवित्तिकै साइन गर्नेगरी तयार होलान् भन्ने लागेको भए पनि त्यस्तो नभएको बताएका छन् ।

सय दिनको अवधिमा आफूले देशलाई नराम्रो हुने केही काम नगरेको बताउँदै भने, ‘नेपाली जनताको कसम आएर शपथ लिएर बसेको सय दिनमा मैले यो देशलाई नराम्रो हुने, यहाँका जनतालाई नराम्रो हुने एउटा पनि काम गरिन ।’

गृहमन्त्री लामिछानेले गृह मन्त्रालयमा हेल्प डेस्क स्थापना गरेर दैनिक सयौं मानिसहरुलाई सेवा दिइरहेको बताउदै अन्य संयन्त्रबाट पनि चुस्तदुरुस्त सेवा दिइरहेको दाबी गरे ।