मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ : उपप्रधानमन्त्री लामिछाने

सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ : उपप्रधानमन्त्री लामिछाने

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताएका छन् ।

नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सरकारमा रहुञ्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने उल्लेख गरे ।

उपप्रधानमन्त्री लामिछानेले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई आत्मसात् गर्दै नागरिकको सपनालाई साकार पार्न अहिलेको व्यवस्थाप्रति कटिबद्ध भएर लागेको बताए । ‘सबै गर्न सकिँदैन तर, धेरै गर्न सकिन्छ’ भन्ने आस र भरोसाकासाथ आफूहरु अघि बढेको उनले बताए ।

“तीन महिना सरकारमा बसेर मेरो पार्टीबाट मन्त्रि बनेकाहरुले एउटा पनि नराम्रो काम गरेका छैनन्, राम्रा काम भएका छन्”, उपप्रधानमन्त्री लामिछानेले भने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उनले प्रदेश संरचनालाई लिएर धेरै प्रश्नहरु उब्जिएकाले संविधानको भावना र परिकल्पना अनुरुप प्रदेश सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

“प्रदेश संरचनालाई लिएर धेरै जिज्ञासा उब्जिएका छन् । यसमा सुधार गरेर अघि बढ्नुपर्छ”, उनले भने । उपप्रधानमन्त्री लामिछानेले नागरिकलाई दुःख नदिइकन परिवर्तनका लागि आफूहरु मुद्दामा एक भएर अगाडि बढ्ने धारणा राखे ।