मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्न पनि सक्नुहुन्न : महामन्त्री शर्मा

गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्न पनि सक्नुहुन्न : महामन्त्री शर्मा

हिमालय खबर

शेयर गर्नुहोस:

216
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल खोल्न चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको आरोप लगाएकोबारे फाइल खोलेर कांग्रेसलाई कारबाही गर्न चेतावनी दिएका हुन् ।

उनले भने- ‘सत्ता गठबन्धनको प्रमुख नेताले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर कमिसन खायो भनेर भन्नु भएको विषयमा गृहमन्त्रीज्यू के तपाइँ फाइल खोलेर कांग्रेसलाई दण्डित गर्न तयार हुनुहुन्छ ? म जान्दछु, खोल्न होइन बोल्न पनि उहाँ सक्न्नु हुन्न । भन्न सक्ने भए शिक्षामन्त्रीज्यू उपरको शब्द फिर्ता लिनुस् पूर्वप्रधानमन्त्रीज्यू भनेर दमदार ढंगले भन्न सक्नु हुन्थ्यो, नम्रतापूर्वक पनि भन्न सक्नु हुन्थ्यो ।’