मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालित केही सहकारीले नियमित रूपमा विवरण अद्यावधिक नगरेको भन्दै यस्ता सहकारीलाई पहिचान गरी कारबाही गर्ने जनाएको छ।

हाल कामपामा एक हजार नौ सय ५३ सहकारी सञ्चालनमा छन्। जसमध्ये नौ सय ५५ ले मात्रै नियमित रूपमा वार्षिक विवरण पेस गर्ने गरेका कामपाले जनाएको छ। कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने गरी काम भइरहेको जानकारी दिए।

नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दै छन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ। प्रमुख त्रिपाठीका अनुसार विवरण पेस गर्नका लागि विभागले दिएको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन सुरु गरिसकेको र अनुगमनको क्रममा दोषी ठहर भएकालाई कारबाही सुरु गर्ने तयारी विभागको रहेको छ।

अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने सम्मको तयारी कामपाको छ। संवैधानिक व्यवस्थाअनुसार ०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ।