मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ

अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ


शेयर गर्नुहोस:

1.5k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिका पठाइ दिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नपा–२ का ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो ।

Advertisement

अमेरिका पठाउने प्रलोभनमा महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टिका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४० लाख रुपैयाँ लिई फरार भएका थिए ।

प्रहरीका अनुसार उनले पीडितलाई अमेरिका लैजाने प्रलोभनमा ब्राजिलको नक्कली वर्किङ भिषा लगाई दिएका थिए । सोही भिषा प्रयोग गरी पीडितलाई फिलिपिन्स लगि बन्दक बनाएका थिए ।

नक्कली भिषा रहेको खुलेपछि पीडितलाई फिलिपिन्स सरकारले नेपाल फर्काइ दिएको थियो । नेपाल आएका उनीहरूलाई चौधरीसहितको गिरोहले पुनः अमेरिका लैजाने प्रलोभन दिएका थिए ।

प्रहरीका अनुसार चौधरीसहितको गिरोहले उनीहरूलाई भारतको दिल्ली लगि बन्दक बनाएका थिए । उनीहरूलाई भारतीय नागरिक प्रयोग गरी सात दिनसम्म होटल बाहिर निस्कन रोक लगाएका थिए । त्यसपछि पीडितसँग चौधरीसहितको समूहले पुनः ३९ लाख रुपैयाँ असुल गरेका थिए । त्यसपछि मुक्त भएका उनीहरू नेपाल फर्किएका थिए ।

शेयर गर्नुहोस:

1.5k
Shares