मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

तीन दिने बुद्ध जयन्ति कार्यक्रम

तीन दिने बुद्ध जयन्ति कार्यक्रम

हिमालय खबर

शेयर गर्नुहोस:

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) । नेप्लिज बुद्धिस्ट ऐशोसिएसन टेक्सस र नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र आउँदो बुद्ध जयन्ति तीन दिने विशेष कार्यक्रमका साथ मनाउने भएको छ।

मे १९ आइतबार यूलेस स्थित नेपाली मन्दिरको प्राङ्गणमा बिहान ९ बजे प्रभातफेरी सहित कार्यक्रम सुरु हुनेछ। उक्त प्रभातफेरी मन्दिरको हलमा पुगेर धार्मिक सभामा रुपमा परिणत हुनेछ । त्यसपछि भन्ते शान्तदेवबाट बुद्ध पुजा, परित्रण पाठ, धर्म देशना र बज्राचार्य गुरुजु उत्तम गुरुजुबाट गुरु मण्डला पुजा समेत हुनेछ ।

उक्त कार्यक्रमको लागि बुध्दिष्ट एशोसिएसनले नेपाली समाज टेक्सास, ड्यालस बुद्ध लायन्स क्लब र तामाङ्ग सोसाइटी अफ टेक्सससँग सहकार्य हुने जनाइएको छ । उक्त प्रभातफेरी कार्यक्रममा यूलेस सिटीका मेयर, काउन्सिलम्यानहरू तथा टेक्सास स्टेटका सांसदहरुको पनि उपस्थिति हुनेछन् ।

दोश्रो दिनको कार्यक्रम मे २३ बुद्ध पुर्णिमाका दिन यूलेस स्थित नेपाली मन्दिरको प्राङ्गणमा बेलुकी ५ बजेबाट भन्ते शान्तदेवबाट बुद्ध पुजा, विपस्यना ध्यान, परित्रण पाठ, धर्मचक्र प्रबर्तन शुत्र पाठ र धर्म देशना हुनेछ ।

त्यस्तै तेश्रो दिनको कार्यक्रम जूम मार्फत नेपालको ठोरी गाउँपालिका तथा मादी नगरपालिकाको सहभागितामा अन्तरक्रिया कार्यक्रम हुनेछ ।