अमेरिका समाचार

सानफ्रान्सिस्कोमा ‘नेपाल डे ‘परेडको भव्य तयारी

सानफ्रान्सिस्कोमा ‘नेपाल डे ‘परेडको भव्य तयारी


शेयर गर्नुहोस:

432
Shares

  • change font
  • change font
  • change font

सानफ्रान्सिस्को (अमेरिका)

अमेरिकाको पश्चिम तटीय शहर स्यानफ्रान्सिस्कोमा ‘नेपाल डे’ उत्सव मनाउने सन्दर्भमा आगामी आइवार  एप्रिल १४ मा बृहत परेडको आयोजना गरिएको छ।  गैरआवासीय नेपाली संघको क्यालिफोर्निया च्याप्टर, नेप्लिज एशोसियसन अफ नर्दन क्यालिफोर्निया (एनएएनसी), नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्निया लगायत क्यालिफोर्नियामा रहेका अन्य नेपाली संघ-संस्थाहरुको संयुक्त आयोजनामा सो परेडको आयोजना गरिएको स्थानीय आयोजकहरुले जनाएकाछन्।

Advertisement

नेपाली कला संस्कृति झल्कने झाँकी सहित परेडको आयोजना गरिने भएकोले क्यालिफोर्निया वरिपरिका सबै नेपाली संघसंस्थाहरुलाई आ-आफ्नो संस्थाको व्यानर, नेपाल र अमेरिकाको झण्डा र नेपालीहरुको विभिन्न भेष-भूषाका पहरनमा सजिएर परेडमा सहभागी हुन एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले आव्हान गरेकाछन् ।

‘नेपाल डे’ परेड अघि अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता समेत  आयोजना गरिएको छ । भलिवल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने समूहलाई क्रमशः १२ हजार, ७ हजार, ५ हजार र  २ हजार डलर नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक मध्येका एक जनजाती महासंघ, क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले  बताएकाछन् । भलिबल प्रतियोगितामा सहभागी हुन पाँच सय डलर दर्ता शुल्क राखिएको आयोजकहरुले जनाएकाछन्।

‘नेपाल डे परेड’ को लागि स्थानीय  तयारी पुरा भइसकेको आयोजकहरुले जनाएका छन्।

शेयर गर्नुहोस:

432
Shares