मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

प्राध्यापक हत्याका योजनाकार विद्यार्थी सोभिता थापा १६ वर्षपछि पक्राउ

प्राध्यापक हत्याका योजनाकार विद्यार्थी सोभिता थापा १६ वर्षपछि पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाविस–३ हाल गङ्गा जमुना नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार विसं २०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका–२२ शङखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो ।

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक रहेका धर्मराज विष्टलाई सोभिता थापाको योजनामा उनका भाइ विनोद थापासहित तीन जनाको समूहले कुटपिट गरी सख्त घाइते बनाएका थिए । घाइते विष्टको उपचारका क्रममा मृत्यु भएको थियो ।

थापालाई सोमबार ललितपुर महानगरपालिका–२६ ढोलाहिटीबाट निज सोभिता थापालाई पक्राउ गरी मंगलबार आवश्यक कारबाहीको लागि जिल्ला अदालत ललितपुर बुझाइएको प्रवक्ता रेग्मीले बताए ।