मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

धादिङ बस दुर्घटनामा सातको मृत्यु, ३९ जना घाइते

धादिङ बस दुर्घटनामा सातको मृत्यु, ३९ जना घाइते


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

धादिङ । बुधबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नम्बर–५, घाटबेँसीस्थित पृथ्वीराजमार्गमा भएको बस दुर्घटनामा परी एक महिलासहित ७ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका छन् ।

कपिलवस्तुबाट काठमाडौँका लागि छुटेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस बुधबार बिहान साढे चार बजेतिर अनियन्त्रित भई राजमार्गबाट १ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

Advertisement

दुर्घटनामा परी १ जना महिला र ६ जना पुरूष गरी ७ जनाको मृत्यु भएको भए पनि मृतकको सनाखत तथा नामावली विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थाका १४ जनालाई काठमाडौँ पठाइएको छ भने २० जनाको गजुरी अस्पताल प्रालि, गजुरी र ५ जनाको प्राथमिक स्वास्थ्यकेन्द्र गजुरीमा उपचार भइरहेको छ ।

शेयर गर्नुहोस:

297
Shares