मुख्य समाचार

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नुवाकोट शिवपुरी गाउँपालिका-४का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो।

अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरंग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

Advertisement

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोंगबुबाट पक्राउ गरिएको जनाइएको छ।

यसैबीच, सर्लाहीको नयाँरोडबाट एक क्विन्टल गाँजासहित एक जना पक्राउ परेका छन्। नवलपरासीको गैडाकोटका सूर्य परियारलाई मोटरको डिकीमा गाँजा लिएर बरहथवा गइरहेका बेला निजलाई पक्राउ गरिएको हो।