टेक्सस

टेक्ससको युलिसमा एभरेष्ट मोमो

टेक्ससको युलिसमा एभरेष्ट मोमो

विहिवार परिकार चाख्न खुला निमन्त्रण


शेयर गर्नुहोस:

3.5k
Shares

  • change font
  • change font
  • change font

अमेरिका – टेक्ससको युलिसमा एभेरेष्ट मोमो रेष्टुरेण्टले विहिवार देखि आधिकारिक रुपमा सेवा शुरु गर्ने भएको छ । यहां नेपालको चर्चित परिकार म म चाउमिन, सेकुवा, मटन तास, फ्राइड राइस लगायतका परिकार उपलव्ध हुने छन् ।

फाष्टफुड शैलीमा स्थापित एभेरेष्ट मो मोमा हिमाली क्ष्ँेत्रका मरमसला प्रयोग गरी वनाईएको आधिकारिक नेपाली खाना पाइने संचालकले दावी गरेका छन् । एभरेष्ट मोमोले आधिकारिक र स्वादिष्ठ नेपाली खाना छिटो र सुलभ रुपमा उपलव्ध गराउने उद्देश्य रहेको दावी गरेको छ ।

Advertisement

पहिलो दिन विहिवार दिउसो देखि सांझ सम्म निशुल्क यी परिकारहरु चाख्न सकिने छ । संचालकले विहिवार एभरेष्ट मोमोका परिकारहरु चाख्न खुला निमन्त्रणा गरेको छ ।

म:म नेपालको चर्चित परिकार हो । नेपाल वाहेक अन्य देशमा पनि यसको लोकप्रियता वढ्दै छ । अमेरिकामा पनि म:म क्रेज वढिरहेको छ ।

एभेरेष्ट मोमोले आकर्षक साजसज्जा, नयां आधुनिक किचनका साथ व्यवसाय शुरु गरेको हो ।

शेयर गर्नुहोस:

3.5k
Shares