मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

एसिडपीडितको पीडा सबैको पीडा : अध्यक्ष ओली

एसिडपीडितको पीडा सबैको पीडा : अध्यक्ष ओली


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसिडपीडितको पीडा सबैको साझा पीडा भएको बताएका छन् ।

आइतबार एसिड आक्रमणबाट पीडित किशोरीको पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’ को शुभमुहूर्त कार्यक्रममा अध्यक्ष ओलीले नेपाललाई एसिड आक्रमणरहित देश बनाउनुपर्नेमा जोड दिए ।

Advertisement

अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई कडा सजाय दिनुपर्ने बताए । उनले जो कोहीले पनि सजिलै एसिड किन्न सक्ने रहेको र त्यसलाई रोक्नुपर्ने बताए ।

“एसिडको उपलब्धता नै हुनुहुँदैन, कसले एसिड किनेको हो, के प्रयोजनका लागि किनेको हो, कति मात्रामा किनेको हो, किनेको मात्रा प्रयोग भयो कि भएन, बाँकी रह्यो भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध व्यवस्थित र कडाइ गरेरमात्र बिक्री वितरण गर्नुपर्छ,” उनले भने, “एसिड आवश्यक परेकालाई उपलब्ध गराउने खालको परिपाटी विकास गर्नुपर्छ, जोसुकैले जहाँसुकै एसिड प्राप्त गर्न नसक्ने व्यवस्था गर्नुपर्छ ।”

अध्यक्ष ओलीले एसिडपीडितका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर नै छलफल गर्ने बताए ।

पीडित मुस्कान खातुनले चलचित्रबाट प्रेरणा मिलेको भन्दै यस्तो जघन्य अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए । तेजाव आक्रमण घटनाका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको भन्दै उनले कठोर कानुन ल्याउन आवश्यक रहेको बताए ।

चलचित्रका निर्माता अभिनेता रमित ढुङ्गानाले एसिडपीडितका वास्तविक पीडालाई चलचित्रमा देखाइने बताए । कार्यक्रममा सांसद ज्ञानबहादुर शाही र सुनिता बरालले संसद्मा एसिडपीडितको पक्षमा कुरा उठाउने बताए । नायक धिरेन शाक्यले सत्य घटनामा आधारित चलचित्र बन्न लागेकामा खुसी व्यक्त गरे ।

शेयर गर्नुहोस:

54
Shares