अमेरिका समाचार

जय नेपाल इन्टरनेशनल फाउन्डेसनका ८ च्याप्टर घोषणा

जय नेपाल इन्टरनेशनल फाउन्डेसनका ८ च्याप्टर घोषणा


अमेरिका । अमेरिका, अष्ट्रेलिया र हंगकंगमा जय नेपाल इन्टरनेशनल फाउन्डेसनका ८ वटा च्याप्टरहरु गठन गरिएका छन् ।

डिसेम्बर २४ मा जुम मिटिङ मार्फत सञ्चालन भएको च्याप्टर घोषणा कार्यक्रममा संयुक्त राज्य अमेरिकामा नर्दर्न क्यालिफोर्निया च्याप्टर, विस्कन्सिन च्याप्टर, केन्टकी च्याप्टर, कोलोराडो च्याप्टर, फ्लोरिडा च्याप्टर, सिकागो च्याप्टर तथा अस्ट्रेलिया र हंगकंग गरी आठ च्याप्टर घोषणा गरिएको हो ।

Advertisement

नवगठित अस्ट्रेलिया च्याप्टरको अध्यक्षमा डिल्ली बन्जाडे, हंगकंग च्याप्टरको अध्यक्षमा कुलप्रसाद गुरुङ, नर्दर्न क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा यादव प्रसाद दाहाल, कोलोराडो च्याप्टर अध्यक्षमा कुमार जंग कार्की, विस्कन्सिन च्याप्टर अध्यक्षमा गोविन्द श्रेष्ठ, केन्टकी च्याप्टर अध्यक्षमा दिवाकर भट्ट, फ्लोरिडा च्याप्टर अध्यक्षमा विकाश देवकोटा र सिकागो च्याप्टर अध्यक्षमा खेम पन्थी चयन भएका छन्।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा यादव पण्डितले मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने साथीहरूको नेटवर्क मार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले संस्था स्थापना भएको बताए। जय नेपाल इन्टरनेशनल फाउन्डेसन

नेपाल च्याप्टरका अध्यक्ष बद्री अर्यालले नेपालमा भइरहेका कार्यहरूको बारेमा जानकारी गराएका थिए । संस्थाको सिंहदरबार पूर्वी गेट छेउ काठमाण्डौमा तीन महिना पहिले सम्पर्क कार्यालय खुलेर काम सञ्चालन भै रहेको छ।

शेयर गर्नुहोस:

2.1k
Shares