मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

वरिष्ठ चिकित्सक डा गौरीशङ्कर ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित

वरिष्ठ चिकित्सक डा गौरीशङ्कर ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित

हिमालय खबर

शेयर गर्नुहोस:

216
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । वरिष्ठ चिकित्सक, समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म क्रियाशील व्यक्तित्व डा। गौरीशंकर लाल दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित गरिएको छ।

डा। दासको जन्मशताब्दी वर्ष मनाउने क्रममा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिकाबीच उक्त उपाधि घोषणा गरिएको हो। सिरहा जिल्लामा जन्मिएर २००९ सालदेखि चिकित्सा पेशामा संलग्न डा। लाल दास यही असोज ९ गते एक सय वर्षमा प्रवेश गर्दैछन्।

सोही समारोहमा ‘डा। गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष’ ४०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको जानकारी गराइयो। समितिको संयोजकमा पूर्व अर्थमन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइराला, सह संयोजकमा पूर्वमन्त्री विद्याधर मल्लिक र ई। ध्रुव थापा, सदस्य सचिवमा गणेशराज कार्की र कोषाध्यक्षमा मोहनमणि आचार्यलाई सभाले अनुमोदन गरेको छ।

त्यस्तै सभाले समितिका सदस्यहरूमा अरुणसिंह बस्नेत, आनन्दमोहन लाल दास, विजयनारायण मानन्धर, रमेशजंग थापा, सुनिता रेग्मी पोखरेल, शोभा जोशी, कीर्ति तुलाधर, डा। सुशिला मल्ल, वविता लाभ र वडा नम्बर ७ का वडाध्यक्ष विमलकुमार होडालाई अनुमोदन गरेको छ।

शनिबार चावहिलमा आयोजित विशेष कार्यक्रममा जनस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ घोषणाको समर्थन गर्दै प्रमुख अतिथि क्षेत्र नम्बर ४ का सांसद, पूर्व स्वास्थ्यमन्त्री गगन थापाले डा। गौरीशंकर लाल दासको सामाजिक योगदानको चर्चा जतिनै गरे पनि कम हुने बताए।

नेता थापाले भने, “राज्यले गरे पनि नगरे पनि, यो विशाल उपस्थितिले घोषणा गरेको ‘दिव्य शताब्दी पुरुष’ आफैंमा प्रभावशाली छ। सादा जीवन, उच्च विचार राख्नुहुने डाक्टर साहब हरेकका लागि प्रेरक व्यक्ति हुनुहुन्छ। उहाँको जन्मशताब्दी वर्ष वर्षभरि उत्साहकासाथ हामी सबैले मनाऔँ” भन्दै थापाले थपे, “आजका युवाहरूलाई पनि यस कार्यक्रमसँग जोड्नु पर्छ। युवाहरूले डाक्टर साहबबाट धेरै कुरा सिक्न सक्छन्। उहाँको सामाजिक जीवन र क्रियाशीलताबारे हामीले नौजवानहरूलाई बताउन जरुरी छ।”

थापाले राज्यस्तरबाट पनि ‘दिव्य शताब्दी पुरुष’ घोषणाका लागि आफूले सक्दो सहयोग गर्ने बताए। दिव्य शताब्दी पुरुषबाट घोषित डा। लाल दासले नागरिकस्तरबाट आफूलाई दिइएको सम्मानप्रति कृतज्ञता व्यक्त गरे। पूर्व उपराष्ट्रपति परमानन्द झाले डा. लाल दासलाई राज्यस्तरबाट पनि दिव्य शताब्दी पुरुष घोषणा गरिनुपर्नेमा जोड दिए।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले डा। लाल दास प्रेरणाको स्रोत भएको बताउँदै उनी शताब्दी पुरुषको हकदार भएको उल्लेख गरे।

जन्मशताब्दी मूल समारोह समितिका संयोजक तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले समितिले वर्षभरि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै जन्मशताब्दी वर्ष मनाउने जानकारी दिए ।

कार्यक्रममा समारोह समितिका सदस्य तथा काठमाडौं महानगरपालिका वडा। नम्बर ७ का वडा अध्यक्ष विमलकुमार होडाले पहिले गाउँ भनिए पनि चावहिल क्षेत्रमा दिग्गज व्यक्तित्वहरूको बसोवास रहेको बताए।

उनले आफ्नै आँगनमा सिद्धहस्त चिकित्सकको जन्मशताब्दी वर्ष मनाउन पाउँदा हर्षित भएको उल्लेख गर्दै डा। लाल दासको जीवनका केही महत्त्वपूर्ण पक्षबारे जानकारी दिए।

समितिका कोषाध्यक्ष मोहनमणि आचार्यले १५ सदस्यीय कार्यसमिति र २९ सदस्यीय सल्लाहकार समितिका सदस्यहरूको नामावली पढेर सुनाएका थिए। आउँदो असोज ९ गते काठमाडौंमा मूल समारोह समितिले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।