मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

स्व. लामिछाने फाउण्डेसनका लागि ३० हजार हस्तान्तरण (भिडियो सहित)

स्व. लामिछाने फाउण्डेसनका लागि ३० हजार हस्तान्तरण (भिडियो सहित)


ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष स्व. कृष्ण लामिछानेको स्मृतिमा स्थापना हुन लागेको फाउण्डेसनका लागि शुभचिन्तकहरुले ३० हजार डलर (३९ लाख ८६ हजार रुपैयाँ) प्रदान गरेका छन् ।

शूभचिन्तकहरुद्वारा संकलित ३० हजार दुईसय तीन डलर स्व. लामिछानेका पिता रामप्रसाद लामिछानेलाई एक कार्यक्रम सहित शनिबार हस्तान्तरण गरियो । लामिछानेद्वारा आफ्ना छोरा स्व. कृष्ण लामिछानेको स्मृतिमा फाउण्डेसन स्थापना गर्ने इच्छा व्यक्त भएपछि स्वफूर्त रुपमा अत्यन्तै छोटो समयमा उक्त रकम संकलन गरेर शनिबार हस्तान्तरण गरिएको हो ।

‘मेरो छोरो कृष्णजीले जीवन रहेसम्म अधिकांश समय समाजका लागि दिए । उनको सदा स्मृति रहनेगरि केही गर्ने मेरो सोचमा तपाईहरुले जुन सहयोग गर्नुभएको छ । त्यसको म सदा ऋणी रहनेछु’ भावविह्वल हुँदै लामिछानेले भने । लामो समयदेखि ड्यालस फोर्टवर्थको नेपाली समुदायबीच रहँदै आएका लामिछानेको ६ महिना अघि स्वभाविक रुपमा निधन भएको थियो ।

बाहिर कुनै चर्चा र हल्लाखल्ला नगरि लामिाछानेसँग निकट रहेर काम गरेका व्यक्तिहरुले फाउण्डेसनका लागि स्वफूर्त रुपमा सहयोग गरेका थिए । ‘हामीले बाहिर हल्लाखल्ला गरेको भए, कृष्ण दाईजस्तो सबैंको आँखामा राख्दा पनि नबिझाउने व्यक्तिको नाममा स्थापना हुने फाउण्डेसनको अक्षयकोषका लागि सहयोग आह्वान गरेको भए ठूलो रकम अवश्य संकलन हुनेथियो’ स्व. लामिछानेसँग नेपाली समाज टेक्ससको कार्यसमितिमा सँगै रहेर काम गरेका कमल सत्यालले भने । लामिछानेको कार्यसमितिका महसचिव सत्यालले भावविह्वल हुँदै भने–‘कृष्ण दाईको नाममा स्थापना हुने अक्षयकोषले नेपालमा समाजसेवा गर्ने व्यक्तिको पहिचान गरेर यसको व्याजबाट प्राप्त रकमले पुरस्कार दिन हाम्रो अनुरोध छ ।’

स्व. लामिछानेका पिता रामप्रसाद यतिखेर अमेरिकामै हुनुहुन्छ । स्व. लामिछानेका ६० जना शुभचिन्तकहरुले तत्काल छलफल गरेर उक्त रकम जम्मा गरेका हुन् । कोषका लागि कम्तिमा दुईसय डलरदेखि लिएर एकहजार डलरसम्म प्रदान गरेका छन् । संस्थागत रूपमा नेपाली समाज टेक्ससले एकहजार ५ सय डलर प्रदान गरेको छ ।

स्व. लामिछानेका ६० जना शुभचिन्तकहरुले तत्काल छलफल गरेर उक्त रकम जम्मा गरेका हुन् ।

कार्यक्रममा समाजसेवी डा. मुरली अधिकारी, गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका पूर्ब अध्यक्ष विनय अर्याल, मन्दिरका मुल पुजारी डा. शेखर पण्डित, एनआरएनए आइसिसी सदस्य गोबिन्द श्रेष्ठ, जनसम्पर्क समितिका नेता सुन्दर कर्माचार्य लगायतले स्व. लामिछानेले टेक्ससको नेपाली समुदायलाई पुर्याएको योगदान बारे चर्चा र स्मरण गरेका थिए ।

कार्यक्रममा स्व. लामिछानेका पिता रामप्रसादले छोराको निधन पछि फरक ढंगले चरित्रमा दाग लगाउने, नैतिक आक्षेप लगाउने गरि जुन हिसाबले बाहिर कुरा ल्याइएको छ त्यसमा कुनै सत्यता नभएको उल्लेख गरे । स्व. लामिछानेका मित्र सुन्दर कर्माचार्यले अनावश्यक आक्षेप लगाइरहे सबै कल रेकर्ड निकालेर यथार्थता छरपष्ट पार्ने समेत घोषणा गरे ।