मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

तेजाब आक्रमण गर्ने उम्कन नपाओस् : अध्यक्ष ओली

तेजाब आक्रमण गर्ने उम्कन नपाओस् : अध्यक्ष ओली

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tero buddi

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तेजाब आक्रमणमा परेकालाई न्याय दिनका लागि ल्याइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

एमालेले सोमबार ललितपुरस्थित पार्टी मुख्यालयमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसको अवसरमा गरेको कार्यक्रममा उनले तेजाब आक्रमण र जलनमा परेकालाई एकातिर घाउका जलन अर्कोतिर न्याय नपाएकाको पीडा जस्तो दोहोरो जलनको पीडा भोग्न नपरोस् भनेर कडा कानून ल्याइएकाले उक्त कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।

उनले आगो लगाउने र तेजाब आक्रमण जस्ता अपराध गर्ने कोही पनि उम्कन नपाउन र सजाय भोग्न बाध्य बनाउनुपर्ने बताए । ‘कडा कानून बनाएर अपराधीलाई दण्डित नगर्ने हो भने सजिलै अपराधी उम्कन सक्नेछन्’, उनले भने, ‘त्यसैले आगो लगाएर मार्ने र तेजाब आक्रमण गर्नेलाई जिन्दगीभर जेलमा जानुपर्दछ र सड्नुपर्दछ भन्ने त्रास फैलाउनुपर्दछ । सजिलैसँग बहस गराएर छुट्ने खालको नहोस् भनेर कडा कानून बनाएका हौँ ।’

उनले अन्धविश्वासले जन्माएका विकृतिलाई रोक्नका लागि आवश्यकताअनुसार कानूनको दायरा विस्तार गर्नुपर्ने भनाइ राखे । उनले तेजाब आक्रमण महिला र बालबालिका विरुद्धको हिंसाको विभत्स रूप भएको उल्लेख गर्दै तेजाब आक्रमण पीडितलाई परिचय साथै सरकारले हेरचाह, लालपालन, औषधि उपचार गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले आजको २१औँ शताब्दी सभ्य भएको समाजमा पनि दाइजोको कारणले तेजाब आक्रमण भइरहेको बताए । उहाँले आफू प्रधानमन्त्री छँदा नै तेजाब आक्रमणसम्बन्धी कानून निर्माण गरेको भन्दै तर उक्त कानून धेरै मुस्किलले कार्यान्वयनमा ल्याएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका संसद् विन्दावासिनी कङ्साकारले तेजाब आक्रमण गर्ने विरुद्ध बनेको कानूनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।

तेजाब पीडित मुस्कान खातुनले अहिले पनि गाउँघरमा तेजाब भनेको थाहा नभएको भन्दै तेजाबसम्बन्धी जनचेतना जगाउन आवश्यक रहेको बताए । उनले तेजाब पीडितलाई परिचयपत्र खुल्ने कागजात आवश्यक रहेको भन्दै परिचयपत्र खुल्ने कागज भएको भए औषधि पाउन सजिलो हुने बताए ।

जलन पीडित जेनी खड्काले जलनको पीडा जिन्दगीभरि हुने भन्दै दाग हटाउन सहयोग गर्नुपर्ने बताए । उनले परिचयपत्र नभएकाले अस्तपालमा औषधि लिन जाँदा झन्झट भएको बताए ।