मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

बाँकेमा ट्रकमा बस ठोक्किदा सात जनाको मृत्यु

बाँकेमा ट्रकमा बस ठोक्किदा सात जनाको मृत्यु


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

कोहलपुर । बाँके सडक खण्डमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरस्थित शमशेरगञ्जमा शुक्रबार राति १० बजे भएको बस दुर्घटना परी सात जनाको मृत्यु भएको हो ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस दुर्घटनामा परी ७ जनाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइतेसमेत भएका छन् ।

Advertisement

उनका अनुसार बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा सो बस राति करिब १० बजेतिर ठोक्किन पुगेको थियो ।

रोकिराखेको ट्रकमा बस ठोक्किन पुगेपछि भएको सो दुर्घटनामा परी घाइते भएकोहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस:

189
Shares