मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

नेपालमा डेंगु सङ्क्रमण २१ हजार नाघ्यो, सुनसरीमा सबभन्दा बढी

नेपालमा डेंगु सङ्क्रमण २१ हजार नाघ्यो, सुनसरीमा सबभन्दा बढी

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमण बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेंगु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ ।

महाशाखाले भदौ र असोजमा डेंगु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगु सङ्क्रमण दैनिकरूपमा बढेको बताए ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

सुनसरीमा मात्र ११ हजार सङ्क्रमित

सङ्क्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौँमा चार सय २७, धनकुटामा तीन सय ३६, सङ्खुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेंगुका बिरामी भेटिएका छन् ।

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ । रासस