मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानीय र व्यापारी आशावादी

तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानीय र व्यापारी आशावादी

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । आठ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व सङ्कलनको मेरुदण्ड थियो । यस नाकाबाट मात्रै दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने गर्दथे । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका चीनले एकतर्फीरूपमा सुरक्षाको कारण देखाउँदै बन्द गर्‍यो ।

यसको मार आममानिससँगै देशको अर्थतन्त्रमा देखियो । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको पूर्वसन्ध्यामा भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट लामो समयपछि मानिसलाई आवतजावतका लागि खुला गरिएको छ ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म दुई सयभन्दा बढी निलो रङको पास जारी गरेको छ । उक्त पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासी मितेरी पुलपारिका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

ढिलै भए पनि यो नाका सञ्चालनमा आएपछि स्थानीयवासी र व्यापारी तातोपानी नाका पुरानै लयमा फर्किनेमा आशावादी देखिएको तातोपानीका स्थानीयवासी गङ्गा बज्राचार्य बताउँछन् । यसअघि आयातनिर्यात पटकपटक खुल्दै र बन्द हुँदै आएकोमा सर्वसाधारणका लागि भने आवतजावत खुलाइएको थिएन । विभिन्न चरणको छलफलपछि सीमित कन्टेनरबाट सामान आयात गर्नका लागि मात्र गत वैशाखदेखि नाका खोलिएको थियो । पहिले जस्तो सहज नभए पनि धेरथोर सामान आयात गर्न व्यापारी पनि अचेल नाकामा पुग्न थालेका छन् । भूकम्प र जुरेको पहिरापछि उत्तरी नाकाको बाटोको अवस्था भने नाजुक रहेको उनीहरूको गुनासो छ ।

तर सीमा खुला भएसँगै दुई देशकै नागरिकले लाभ लिने स्थानीय व्यापारिकले विश्वास लिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पूर्वअध्यक्ष विष्णु खत्री बताउँछन् । नाका खुला हुने भएसँगै आयात र निर्यातमा वृद्धि हुने तातापानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीको विश्वास छ । तर पार्किङ, सडक, यातायातलगायतका कारण सहजरूपमा व्यापार हुनेमा भने अझै शङ्का छ ।

चीन सरकार सकारात्मक रहेकाले आगामी दिनमा देखिएका चुनौती समाधान गर्दै व्यापार सजिलो बनाउन सकिने उनको भनाइ छ । नाका खुलेकोमा खुसियाली साट्न पग्नुभएका सिन्धुपाल्चोक–१ का सासंद माधव सापकोटाले तातोपानीसम्मको पहुँच मार्गको स्तरोन्नतिमा चीन सरकारले सहयोग गर्ने सङ्केत गरेको र प्रधानमन्त्री दाहालको चीन भ्रमणमा बाटो राम्रो बनाउने एजेण्डा राखिने पनि सापकोटाले बताए ।