मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न सिआइबीलाई पाँच दिनको म्याद

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न सिआइबीलाई पाँच दिनको म्याद


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सिआइबीलाई पाँच दिनको म्याद दिएको छ ।

बुधबार अदालतमा पेश गरिएका आरोपीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए । उनका अनुसार दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

Advertisement
ADVERTISEMENT

प्रहरीले ६१ किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरेको थियो । ६१ किलो सुन तस्करी प्रकरणमा उनीहरूसहित अहिलेसम्म २५ जना पक्राउ परेका छन् । उनीहरूमाथि सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ ।

यस्तै विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका राहुल महरामाथि पनि पाँच दिन म्याद थप गरी अनुसन्धानको समय लिइएको सीआईबीले जनाएको छ ।

राहुलले भने आफैँ सिआइबीमा गएको फेसबुकमार्फत सार्वजनिक गरेका छन् । भेपमा लुकाएर नौ किलो सुन तस्करी भएको प्रहरीले जनाएको छ । गत वर्ष उक्त घटना भएको थियो ।

पौडेल भन्सारका कर्मचारी, बस्नेत दावाका सहयोगी

यसैबीच सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी भएको खुलेको छ । प्रवक्ता कडायतले उनी भन्सारका अधिकृत भएको खुलेको बताए ।

यस्तै अर्का किशोर बस्नेत भने यसअघि पक्राउ परेका दावा छिरिङका सहयोगीका रूपमा काम गरेको पाइएको छ । पौडेलले भन्सारमा बसेर तस्करलाई सहयोग गरेको तथ्य खुलेको पनि प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस:

243
Shares