मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही

दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेसनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेसनल प्रालि र ओमेगा इन्टरनेसनल प्रालिलाई कारबाहीस्वरुप निलम्बन गरेको हो ।

विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले विभागको मङ्गलबारको निर्णयानुसार ऐनको दफा ६१ (७) बमोजिम दुवै संस्थालाई निलम्बन गरिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिएका संस्थाले प्रचलित कानुनको अक्षरसः पालना गरी आफ्ना गतिविधि सञ्चालन गर्न विभागले अनुरोध गरेको छ ।

Advertisement

ओमेगा इन्टरनेसनल प्रालिले विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जाल (फेसवुक)मार्फत नेपाली डाक्टरहरुलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको एवं सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगतरुपमा गन्तव्य मुलुकमा पठाउने गरी शङ्कास्पद कार्यहरु गरेकाले कारबाहीस्वरुप निलम्बन गरिएको विभागले जनाएको छ ।

यस्तै अक्सन इन्टरनेसनल प्रालि (अवतार ह्युमन रिसोर्स प्रालि)ले आफ्नो संस्थाको भवनभित्र अन्य दुईवटा संस्था राखी छेउकै भवनमा एजुकेसनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको प्रलोभन देखाई सन्देहपूर्ण कारोबार गर्नुका साथै व्यक्तिगतरुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न रहेकाले कारबाही गरिएको विभागले जनाएको छ ।

विभागले वैदेशिक रोजगारीमा जान इच्छुक सम्पूर्ण दाजुभाइ, दिदीबहीनीलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ । साथै प्रचलित ऐन, कानुनको बर्खिलाप हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषणलगायतका गतिविधि सञ्चालन नगर्न इजाजतपत्रवाला संस्थाहरुमा अनुरोध गरिएको छ ।

दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

चेक अनादर गरेको बैंकिङ कसुरमा दोषी ठहर भई दुई वर्ष कैद तोकिएर फरार भएका दुई व्यक्तिलाई प्रहरीले काठमाडौँको सतुङ्गलबाट पक्राउ गरेको छ ।
कास्की जिल्ला अदालत पोखराको गत असार १ गतेको आदेशानुसार दुई वर्ष कैद सजाय तोकी फरार रहेका प्रतिवादी राजेन्द्र भण्डारी र निर्मला कार्की भण्डारीलाई सतुङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

मदन केसीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कास्की घर भई हाल जिल्ला काठमाडौँको सतुङ्गल घर भएका ४५ वर्षीय राजेन्द्र भण्डारी भएको चेक अनादर बिगो मुद्दामा उनी दोषी ठहर भएका थिए । निर्मला कार्की (भण्डारी)विरूद्ध प्रवीनकुमार श्रेष्ठले जाहेरी दिएका थिए । उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरी फैसला कार्यान्वयन तथा थप अनुसन्धानका लागि काठमाडौँबाट वडा प्रहरी कार्यालय रामबजार कास्की पठाइएको रेग्मीले जानकारी दिए ।

शेयर गर्नुहोस:

243
Shares