मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

अमेरिकाको हवाइमा आगलागी, नेपालीहरू सुरक्षित

अमेरिकाको हवाइमा आगलागी, नेपालीहरू सुरक्षित

कम्तीमा १ सय १४ जना मानिसहरुको मृत्यू


वष्टन । अमेरिकाको हवाइ राज्यको माउइ टापूस्थित लहाइना सहरमा डढेलोका कारण फैलिएको आगलागीमा कोही पनि नेपालीहरु प्रभावित नभएको त्यहाँस्थित नेपाली संस्थाले जनाएको छ । सोसाइटी अफ नेपलीज इन हवाइका उपाध्यक्ष मनध्वज राईका अनुसार डढेलो लागेको माउइ टापूमा कोही पनि नेपाली घरपरिवारको बसोबास छैन ।

त्यो टापूमा एउटा नेपाली परिवार बस्ने गरेको भए पनि उनीहरु दुईवर्ष अगाडि हवाइ राज्यको राजधानी होनोलुलु बसाइ सरेको राइले बाह्रखरीलाई बताए । क्षतिग्रस्त टापू माउइ होनोलुलुबाट करिब १६१ किलोमिटर टाढा रहेको छ ।

होनोलुलुबाट त्यो टापूमा जहाजमा आधा घण्टामा पुग्न सकिने राईले बताए । टापूहरुको राज्य हवाइमा करिब २ सय ५० जति नेपालीहरुको बसोबास रहेको जनाएको छ । विभिन्न संघसंस्थाले राहतका लागि रकम संकलन र लत्ता कपडा संकलन गर्दै आएकामा नेपालीहरुले राहत प्रदान गरेका छन् ।

राईका अनुसार सोसाइटी अफ नेपलीज इन हवाइको पहलमा पनि राहतका लागि रकम संकलन र अत्यावश्यकीय वस्तुहरु संकलनको थालनी गरिएको छ । माउइ काउण्टीका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार शनिबार अबेरसम्म कम्तीमा १ सय १४ जना मानिसहरुको मृत्यू भइसकेको छ भने हराएकाहरुको खोजी कार्य जारी रहेको छ ।

काउण्टीले जारी गरेको प्रेस विज्ञप्तिमा ७८ प्रतिशत क्षतिग्रस्त क्षेत्रमा खोजीकार्य गरिसकिएको छ । शुक्रबार राति अपडेट दिने क्रममा हवाइका गभर्नर जश ग्रीनले एक भावनात्मक सम्बोधनमा लहाइना सहर फेरि उठ्ने छ भन्दै अगाडि भने, “यो हाम्रो सहनशीलता, मूल्यमान्यता र ओहानाको पवित्र सम्बन्धको प्रतीक हुनेछ र जब यो पुनर्निमाण हुनेछ हामीले गुमाएका प्रियजनको जिवित स्मारक हुनेछ ।”

आगलागीले लहाइनाको २ हजार १ सय ६८ एकड जमिनमा रहेका हजारौं संरचनाहरु, राज्यको ल्याण्डमार्क मानिने ऐतिहासिक बरगदको रुखहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी ऐतिहासिक फ्रन्ट स्ट्रिटका धेरै भवनहरु, पसलहरु र रेस्टुरेन्टहरु आगोको लप्कामा परेको एशोसियटेट प्रेसले जनाएको छ । राष्ट्रपति जो बाइडेन र फस्र्ट लेडी जिल बाइडेन आगलागीग्रस्त क्षेत्र लहाइनामा सोमबार जाने कार्यक्रम रहेको छ ।