मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
breaking   
अमेरिका समाचार   
न्युयोर्क   

यी दुई अवस्थामा अमेरिका नआउँदा राम्रो

यी दुई अवस्थामा अमेरिका नआउँदा राम्रो


सुजिव दुई बर्ष अघि पढ्न गएको अहिले त टेक्ससमा मजाले काम पाएको छ पैसा पनि कमाएको छ यस्ता उदाहरण नेपालमा सुन्ने र सुनाउने पनि छन् । तर, यो उदाहरण पुर्ण सत्य भने होइन । हुदैंन भन्ने पनि होइन । तर, शुरुका दिनका अमेरिकामा बसाई सजिलो मात्र होइन कठिन पनि छ । विशेष गरी नेपालमा १२ कक्षापास गरेर आउने विद्यार्थीका लागि अमेरिका पढाई सजिलो छैन ।

यदी तपाई १२ कक्षा पास गर्नु भएको छ, एक दुई बर्ष नेपालवाट खर्च ल्याएर पढ्न सक्ने आर्थिक अवस्थ छैन र पढाईमा विशेष क्षमता छैन भने ब्याचलर गरेर मात्र अमेरिका आउंदा सजिलो पर्छ ।

Advertisement

अमेरिकामा आएर कमाउंदै पढ्छु भन्नु सजिलो छैन । कलेजका लागि फि जुटाउन धेरै काम गर्नु पर्ने हुन्छ । यसरी काम गर्दा क्लासमा जाने समय हुदैंन । विद्यार्थीले शुरुमा पाउने भनेको स्टोर लगायतका ठाउंमा सानो तिनो काम हो । त्यहां घण्टाको हिसावले पैसा पाइन्छ । टेक्ससमा प्रति घण्टा न्युनतम पारिश्रमिक साढे सात अमेरिकी डलर मात्र छ । तर, स्टोरले काम गर्दा प्रति घण्टा १०, १२ डलर दिन्छन् । तर, यहांको कानुनअनुसार काम गर्न वर्क परिमिट चाहिन्छ । जुन अन्तराष्ट्रिय विद्यार्थीले पाउंदैनन् । १२ डलरमा साताको पांच दिन ८ घण्टा काम गर्दा ४सय ८० डलर हुन्छ । यसलाई पनि राम्रो कमाई मान्नुपर्ने हुन्छ । तर, यसरी काम गर्दा पढ्ने समय भने हुदैंन । कलेज शहरभन्दा केही पर छ भने काम पाउन कठिननै हुन्छ । यो आम्दानीले पनि कलेजको फि, यहांको बसाई धान्नै कठिन हुन्छ ।

पढ्न भन्दा खर्च जुटाउन काम तिर लाग्दा समयमा पढाई सकिदैंन । यो अवस्थामा १०, १२ बर्ष हुदां पनि पढाई नसक्नेहरु थुप्रै नेपाली छन् । तर, कुनै विद्यार्थी पढ्न निकै राम्रो छ भने कलेजले केही सुविधाहरु भने दिन्छ । तर, यो कममात्रले पाउंछन् ।

खर्च जुटाउन नसक्दा कलेज जान छाडेर काम गर्दै गरेका थुप्रै नेपाली विद्यार्थी भेटिन्छन् । कलेज नगएकाले आउट अफ स्ट्याटस हुने पनि थुप्रै छन् । आउट अफ स्ट्याटस भएपछि नेपाल गए आउन पाइंदैन । यहांको बसाई पनि गैर कानुनी हुन्छ ।

ब्याचलर गरेर आउंदा काम पाउने संभावना पनि बढ्छ । संघर्ष गर्ने उमेर पनि भएको हुन्छ । परिवारको आर्थिक अवस्था राम्रै छ र २ बर्ष जतिको फि जुटाउन कठिन छैन भने १२ कक्षा सकेर आउंदा पनि हुन्छ ।

अर्को दलालको लहै लहैमा लागेर विभिन्न देश हुदैं अमेरिका आउनु हुदैंन । यो ज्यान र धन दुवै जोखिममा पार्ने काम हो । तपाई कयौं देश हुदैं ५, ६ महिना लगाएर अमेरिका छिर्न पनि सक्नु हुन्छ तर, यो सजिलो होइन । निकै जोखिम हुन्छ । ५०, ६० लाख रुपैंया खर्च हुन्छ । ज्यानको जोखिम रहन्छ । वाटोमा पक्राउ परेर नेपाल फर्किएका थुप्रै उदाहरण छन् । यहां सम्म आउंदा खर्च भने भईसकेको हुन्छ । जुन फिर्ता हुदैंन । कानुनी परामर्स दिईरहेका नेपाली अधिवक्ताका अनुसार अहिले टेक्ससमा यसरी आउनेको संख्या निकै वढेको छ ।

म पनि भन्छु यसरी हिडेंर नआउंदा हुन्छ एक जना अधिवक्ताले भने ।

भिषा नलिई हिडेर आउनेले अमेरिका वस्ने कागज वनाउन निकै कठिन हुन्छ । जेलमा वस्नुपर्ने अवस्था आउंछ । यसरी आउनेको १०, १२ बर्षसम्म पनि कागजात नबनेका थुप्रै नेपाली भेटिन्छन् । भिषा नलिई हिडेर किन आउनु हुदैंन भने पहिलो कागज वनाउन कठिन हुन्छ । कतिपय अवस्थमा नबन्न पनि सक्छ । दोस्रो यसरी आउंदा खर्च भएको ५०, ६० लाख कमाउन केही बर्ष जान्छ । कागज वनाउने क्रममा खर्च हुन्छ । यसरी विना भिषा हिंडेर आएर काम नपाएका नेपाली पनि भेटिन्छन् ।

कागज नवन्दा सम्म अमेरिकामा बस्न पनि कठिन हुन्छ । अपार्टमेण्ट लिन समेत मिल्दैन । अवसर खोज्ने हो तर, करियरनै विगार्ने वा ज्याननै जोखिममा पार्नु भने बुद्धिमानी हुदैंन । तस्बिर: सामाजिक संजाल

शेयर गर्नुहोस:

23.9k
Shares