मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद

स्कुटरको पार्ट घोषणा गरेर सुन ल्याएको प्रारम्भिक अनुसन्धान


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । त्रिभुवन विमानस्थल भन्सारका एक अधिकारीले मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको पाइएको बताए । प्रहरीले अहिले विमानस्थलमा अपरेशन गरिराखेको छ ।

सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा प्रहरीले एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो । अनुसन्धान विभागका एक अधिकारीका अनुसार स्कुटरको पार्ट घोषणा गरेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्कुटर पार्टमा सुन पनि जोडेर ल्याएको र त्यसको तौल यकिन हुन सकेको छैन ।

Advertisement

सुन कति परिणामको हो भन्ने खुलि सकेको छैन। तर अपरेशनका क्रममा केही व्यक्तिहरुलाई पक्राउ समेत गरिएको बताइएको छ । स्रोतका अनुसार सुन ८० केजीभन्दा माथि रहेको अनुमान गरिएको छ ।

शेयर गर्नुहोस:

1.8k
Shares