न्यूयोर्क (अमेरिका) । नेपालको गणतन्त्र दिवशको सन्दर्भ पारेर नेपाली हरुको वाक्लो वसोवास रहेको न्यूयोर्क लंगआईलेण्ड स्थित हेम्पस्टेट महानगरमा भव्य कार्यक्रम विच टाउन सुपरभाईजर डन क्लेभिन र कन्सुलेट जनरल विष्णु प्रसाद गौतमले संयुक्त झण्डा झण्डोत्तलोन गरेका छन् ।
कार्यक्रममा डन क्लेभिन, जाहिन सैयद, कन्सुलेट जनरल गौतम , कानून् ब्यवसायी, खगेन्द जी सी लाइ नेपाली टोपी खादा लगाएर लग आइलैंड नेपाली समाजका अध्यक्ष बसन्त चाँपागाइ र महासचिव बावुराम शर्मा लगायतले स्वागत गरेका थिए ।
नेपाली समाजका अगुवा नेपाली कांग्रेसका महासमिति पूर्व सदस्य तथा लग आइलैंड नेपाली समाजका सलाहकार वेदप्रसाद खरेल वेदप्रसाद खरेलको पहलमा नेपाली झण्डा फहराउने कार्यक्रम भएको हो ।
झण्डोत्तलोन मन्तव्यमा सुपरभाईजर क्लेभिनले आफू प्रमुख रहेको नगरमा विभिन्न समुदाएका नागरिक रहेको ले नेपाल देश र नेपाली भावना लाई सम्मान गर्न नेपालको गणतन्त्र दिवसको सन्दर्भ पारेर कार्यक्रम राखेको वताएका छन्।आफू यसरी नेपाली समुदाय सग जोडीन पाउनु खुसीको कुरा भएको बताए । उनले आगामी दिनमा नेपाली समुदायको हितका लागि लागि पर्ने र नेपाल संग पनि जोडीएर केही गर्न आफू तत्पर रहेको बताएका छन् ।
नेपाली महावाणिज्यदुत विष्णु प्रसाद गौतमले आफ्नो मन्तव्यमा महानगरमा नेपाली एकताको प्रतिक आफ्नो मूलुकको झण्डा फहराएर नेपाल र नेपाली लाई सम्मान गरेकोमा हेम्पस्टेट महानगरपालिका लाई नेपाल सरकारको तर्फवाट आभार एवं धन्द्यवाद ज्ञ्यापन गरे ।
एनआरएन अमेरिकाका संरक्षक तथा वरिस्ठ अधिवक्ता खगेन्द्र जिसीले अमेरिकाको महानगरमा नेपाली झण्डा फहराउनु ऐतिहासिक आर्जन भएको र यसलाई नेपाली जनले गौरव गर्नु पर्ने वताए ।
कार्यक्रममा लंग अाइल्याण्ड नेपाली समाजका सल्लाहकार वेद प्रसाद खरेल ,अध्यक्ष वसन्त चापागांई, महासचिव वावुराम शर्मा, समाजसेवी नवराज केसी,सल्लाहकारहरू विश्व वास्तोला, टिकाराज ढकाल,महेश खड्का, ख्याम भट्ट, श्यामकाजी गुरुग, टक रुवाली आंगछिरींग शेर्पा, मृदुला कोईराला, संकर भण्डारी, रुपा भण्डारी, शोभा श्रेस्ठ , लंगआईलेण्ड नेपाली समाजका पदाधिकारी एवं सदस्यहरु न्यूयोर्कमा रहेका समाजिक व्यक्तित्व एवं अगुवा हरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया