मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य/सिर्जना   

नेपाली कविद्वय धमला र सुवेदी बंगलादेशमा सम्मानित

नेपाली कविद्वय धमला र सुवेदी बंगलादेशमा सम्मानित


शेयर गर्नुहोस:

891
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय कविता मञ्च तथा वर्ल्ड वाइड राइटर्स एसोसिएसन बंगलादेशको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय नाजरुल कवि गोष्ठी–२०२३ मा नेपालका युवाकवि भोजकुमार धमलालाई “इमर्जिंङ पोयट अफ द हिमालय”का रुपमा सम्मान गरिएको छ ।

धमलालाई इन्टरनेसनल मदर ल्याङ्ग्बेज इन्स्टिच्युट, सेगुनबगैँचा, बंगलादेशमा भएको उक्त कार्यक्रममा विभिन्न देशका कवि तथा साहित्यकारहरुको उपस्थितिमा सो सम्मान वितरण गरिएको हो ।

कवि धमलाको चर्चामा रहेको अङ्ग्रेजी कविता कृति “द सेल्फिस सिटी”का बारेमा बंगलादेशी कवि, तथा वर्ल्ड वाइड राइटर्स एसोसिएसन बंगलादेशका प्रेसिडेन्ट मोहम्मद साम्सुल हक बाबुले खुलेर चर्चा गर्दै यस कृतिले नेपाली अङ्ग्रेजी साहित्य विधामा एउटा नयाँ आयाम थपेको विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा अस्ट्रेलिया बसोबास गर्दै आएका अर्का नेपाली मूलका अस्ट्रेलियन कवि कुमाराज सुवेदी ‘कमल’लाई पनि उक्त कार्यक्रममा “पोयट अफ् द इभेन्ट” एवार्डबाट सम्मान गरिएको थियो । कवि सुवेदीको द कलर अफ इस्प्रिङ कवितासङ्ग्रह हालसालै प्रकाशनमा आएको छ ।

कार्यक्रमका सभापति तथा प्रशिद्ध बंगलादेशी लेखक महमुदुल हसन निजामीले द कलर अफ इस्प्रिङ कवितासङ्ग्रहले सबैको मन सजिलै छुने जिकिर गरे ।

शेयर गर्नुहोस:

891
Shares