मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

सुवेदीको निधन

सुवेदीको निधन


ड्यालस (अमेरिका) । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)को अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक (डिआरसि) रामकुमार सुवेदीलाई पत्नीशोक परेको छ । सुवेदीकी धर्मपत्नी प्रमिला सुवेदीको विहीबार टेक्ससमा भएको सवारी दुर्घटनामा निधन भएको हो ।

छोरालाई कलेज स्टेशनमा रहेको युनिभर्सिटी पुर्याएर फर्कने क्रममा रक्डेल सिटी नजिकै सुवेदीले चलाएको गाड़ी साँझ ५ः३० बजेतिर दुर्घटनामा परेको थियो । डज ट्रकको ठक्करले ४६ बर्षिय सुवेदीको घटनास्थलमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

दिवंगत सुवेदी नेपाली कांग्रेसका चर्चित नेता तथा पूर्वमन्त्री दिपकप्रकाश बास्कोटाकी छोरी हुन् । उनकी बहिनी समिक्षा बास्कोटा गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा विवेकशील साझा पार्टीबाट मेयरको उम्मेदवार थिइन् ।

दुई दशकअघि अमेरिका आएका सुवेदी परिवार लामो समय कनेक्टिकट बसाईपछि सन् २०१७ मा ड्यालस सरेका हुन् । सुवेदी दम्पत्तीका दुई छोरा छन् ।

दुर्घटनाको खबर पाउने वित्तिकै ड्यालसका नेपाली समुदायका थुप्रै व्यक्तिहरु रातिनै सुवेदी निवास फोर्टवर्थ पुगेर दुःख व्यक्त गरेका थिए ।

हिमालयखबर परिवार दिवंगत सुवेदीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ। साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गर्दछ।