मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

राष्ट्रपति बाइडेनद्वारा पुनः चुनाव लड्ने घोषणा

राष्ट्रपति बाइडेनद्वारा पुनः चुनाव लड्ने घोषणा


शेयर गर्नुहोस:

621
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन् । असी वर्षको उमेरमा पनि उनी राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने नेता हुनेछन् ।

राष्ट्रप्रमुखका रूपमा आफूले शपथ लिएर सुरु गरेका सबै कामलाई पूरा गर्न अर्को कार्यकालका निम्ति आफूलाई पुनः अवसर दिन राष्ट्रपति बाइडेनले मतदातासमक्ष पुनः अनुरोध गरेका छन् । ह्वाइट हाउसमा पुनः उनी पुगेमा कार्यकालको अन्त्यतिर उनको उमेर ८६ वर्ष हुनेछ ।

Advertisement

आधा शताब्दीभन्दा बढी समय राजनीतिमा लागेका उनको वासिङ्टन अनुभव उमेरभन्दा महत्त्वपूर्ण हुने विश्लेषकहरूले बताएका छन् । उनी जत्तिकै अनुभवी प्रतिस्पर्धी नभएकाले उनको दलले पनि उनको उम्मेदवारीलाई अनुमोदन गर्नेछ । बन्दुक हिंसा अन्त्यदेखि सुरक्षित गर्भपतनको अधिकारसम्मका विविध मुद्दाका कारण विभाजित अमेरिकी समाजलाई एकताको सूत्रमा आबद्ध गर्न उनले कठोर सङ्घर्ष गर्नुपर्नेछ ।

ट्रम्प प्रशासनले तहसनहस पारेको अमेरिकालाई पुनः लयमा फर्काउने वाचा गरेको चार वर्षपछि राष्ट्रपति बाइडेनले तीन मिनेटको भिडियो सन्देशमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अधिकभन्दा अधिक अमेरिकी नागरिकको स्वतन्त्रताका निम्ति आफ्नो उम्मेदवारी अपरिहार्य भएको उनले बताएका छन् । एपी

शेयर गर्नुहोस:

621
Shares