मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रास्वपाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी

रास्वपाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी

हिमालय खबर

शेयर गर्नुहोस:

351
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । चितवन क्षेत्र नं २ मा भएको उपनिर्वाचनको क्रममा सो पार्टी र उसका अध्यक्ष रवि लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाली कांग्रेस जिल्ला समिति चितवनले उजुरी दिएको हो ।

नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं २ मा उजुरी दिएका हुन् । मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने÷गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ ।

नयाँ किरण मावि भोजाड मतदान केन्द्रमा विवादपछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको पनि उजुरीमा स्मरण गराइएको छ ।

उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको ठाडो आदेशमा एकपक्षीयरुपमा मतदाता र मतदान प्रतिनिधिमाथि लाठीचार्ज गरेको र मतदातालाई भयभीत पारिएको भन्दै कारबाहीको मागसमेत गरिएको छ ।